सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको हरियाली प्रवर्धनका लागि कुँवरद्धारा सहयोग

२०८० असार २६, ०९:१३ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाको हरित प्रवर्धन कार्यक्रमलाई शिशिर कुवँर र शिरिष कुवँरले सहयोग गरेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का उनीहरुले स्वर्गीय हजुर आमा शुभादेवी कुवँर र बुवा वेदप्रकाश कुवँरको सम्झनामा एक बिरुवा बराबरको पाँच हजार रुपैया सहयोग गरेका हुन्। उनीहरुले दोस्रो चरणको ‘हरित धनगढी’ अभियान अन्तर्गत सहयोग रकम हस्तान्तरण गरेका छन्।

धनगढी उपमहानगरपालिकाले अघि सारेको हरित धनगढी अभियानमा साथ दिने व्यक्ति तथा संघसंस्थाको सहभागिता बढ्दै गएको हो। सहरी क्षेत्रको वृक्षारोपणका लागि थालेको अभियानमा दैनिक सहयोगी दाताको संख्या बढ्दो छ। धनगढी उपमहानगरपालिकाले वृक्षारोपण, ट्री–गार्ड तथा बिरुवाको संरक्षण गर्दै आएको छ।

त्रिनगर भन्सारदेखि गोदावरी नगरपालिकाको सिमा क्षेत्रसम्मको सडकको दुबैतिर ट्री–गार्डसहित वृक्षारोपणको काम तीव्र गतिमा भइरहेको छ। 

धनगढी उपमहानगरपालिकाले पहिलो चरणमा मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तीन हजार एक सय २५ वटा बिरुवा रोपेको थियो। मोहनापुल–अत्तरियामा भाटभटेनीसहितको संघ/संस्थालेसमेत वृक्षारोपण गरेका थिए। धनगढी उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया तिर पनि बिरुवा रोप्न थालेको छ। उपमहानगरपालिकाले नागरिकको सहभागितामा वृक्षारोपणको कार्यक्रम अगाडि बढाएको हो। 

धनगढी उपमहानगरपालिकाले हरियाली प्रवद्र्धन कोष स्थापना गरेको हो। यसका लागि धनगढी उपमहानगरापलिकाले खाता नम्बर ४१७०१००३०५०१०००२ समेत सार्वजनिक गरेको छ 
 

कमेन्ट लोड गर्नुस