अछामको बुढीगंगा नदीमा शव फेला

२०८० असार २६, ०५:४९
धनगढीः अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बुढीगंगा नदीको किनारमा पुरुषको शव फेला परेको हो।
प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अन्दाजी २८/३० वर्षिय पुरुषको बेवारिस्य शव फेला गरेको हो। उनको परिचय खुलको छैन। इलाका प्रहरी साँफेबगरले घटनाको अनुसन्धान गर्दैछ।


कमेन्ट लोड गर्नुस