धनगढीका नगर प्रहरीलाई सर्प समात्ने तालिम

२०८० असार २६, ०४:५६
धनगढीः धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीलाई सर्प समात्ने तालिम दिइएको छ।
नगर प्रहरीहरुलाई सर्प उद्धार व्यवस्थापन सम्वन्धित प्रशिक्षण अभ्यास तथा अभिमुखिकरण तालिम दिइएको हो।
मंगलबार कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी सेक्टर अर्जुनीबाट धनगढीका नगर प्रहरीलाई यस प्रकारको तालिम प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।




कमेन्ट लोड गर्नुस