सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना

२०८० असार २६, १२:५६ खबर संवाददाता

काठमाडौंः सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए। बाँस्तोलाका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ। हेलिकप्टरमा क्याप्टेन र ५ बिदेशी यात्रुसहित ६ जना सवार थिए। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ। सो हेलिकोप्टर आज १०ः१५ बजेबाट सम्पर्कबिहीन बनेको थियो।
 

कमेन्ट लोड गर्नुस