सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

२०८० असार २६, १२:०३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना भारतिय नागरिक पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भारतको लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाँउ का २० वर्षीय राज राना र सोही ठाँउका २१ वर्षीय आकाश रानालाई सोमवार प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिइएको प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा दुबैजनाको साथबाट ३९० मिलिग्राम लागुऔषध फेलापारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस