सुदूर नेपाललाई विश्वसँग जोड्दै

’हरित धनगढी अभियान’मा उपमहानगरलाई ग्लोबल आइएमई बैंकद्धारा ४ लाख सहयोग 

२०८० असार २५, ०८:२८ खबर संवाददाता

धनगढीः  हरित धनगढी अभियानमा धनगढी उपमहानगरपालिकालाई ग्लोबल आइएई बैंकले ४ लाख सहयोग गरेको छ।

सोमबार बैैँकले उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ४ लाखको चेक हस्तान्त्रण गरेको हो।  बैँकले एक बिरुवा बराबर पाँच हजारका दरले ग्लोबल आइएमई बैंकले ८० बिरुवा रोप्न रकम सहयोग गरेको नगरप्रमुख हमालले बताए।May be an image of 6 people, dais and text

उक्त अभियानमा विभिन्न संघसंस्था र व्यक्तिहरू जोडिन थालेका छन्। सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले सुरु गरेको अभियानमा सर्वसाधारण र संघ संस्थाले आर्थिक सहयोग गर्न थालेका हुन्। नगरप्रमुख हमालले सम्पूर्ण धनगढीवासीलाई अभियानमा सहयोगी बन्न आह्वान गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस