सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभाको बैठक आज साँझ बस्ने

२०८० असार २५, ०४:४९ खबर संवाददाता

धनगढीः  सुुदूरपश्चिम प्रदेशसभाको बैठक आज बोलाइएको छ।

असार १ गते आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि अनिश्चित बैठक आज(सोमबार) दिउँसो ४ बजेका लागि बोलाइएको हो। बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा बैठक सञ्चालन गर्ने विषयमा सहमती भएको सभामुख भीमबहादुर भण्डारीले बताए।

बैठकमा सवारी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ। बजेटमाथिको छलफल भने कार्यसूचीमा परेको छैन। बजेटमाथिको छलफल भने मंगलबारदेखि सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस