सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बस दुर्घटना

२०८० असार २५, ०२:०२ खबर संवाददाता

बैतडीः बैतडीमा बस दुर्घटना भएको छ। जिल्लाको मेलौलीमा बस दुर्घटना भएको हो। पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडक खण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो। 

सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी छ। प्रहरी निरीक्षक चौधरीकै कमाण्डमा दुर्घटास्थलतर्फ प्रहरीको टोली खटिएको छ। 

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पु¥याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ। बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन बाँकी रहेको प्रहरी निरीक्षक खत्रीले बताए।

कमेन्ट लोड गर्नुस