सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालिका युवा सञ्जालले गर्‍यो लागुऔषध विरुद्ध जनचेतना कार्यक्रम

२०८० असार २४, ०७:५० खबर संवाददाता

धनगढी: मालिका युवा सञ्जालले लागुऔषध विरुद्ध जनचेतना फैलाउने कार्यको थालनी गरेको छ। शनिवार धनगढी मिलनचोकबाट जनचेतना जगाउने कार्यक्रमको सुरुवात गरिएको हो। धनगढीमा सबैभन्दा बढी लागुऔसध प्रयोगकर्ता रहेकाले जनचेतनामूलक कार्यक्रम थालिएको सञ्जालका अध्यक्ष कविन्द्र ठकुल्लाले बताए। जनचेतनामूलक कार्यक्रम धनगढीका १९ वटै वडामा गरिने ठकुल्लाले बताए।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै क्लबको उद्देश्य अनुरुप  मालिका युवा सञ्जालले आज वडा नम्बर २ बाट  लागुऔषध विरुद्धको सचेतनामूलक कार्यक्रम सुरु गरेका छ," उनले भने, "हाम्रो कार्यक्रम धनगढी नगर भित्रका १९ वटा वडामा सञ्चालन हुनेछ।"

शनिवार भएको कार्यक्रममा वडा नम्बर २ र ३ का अध्यक्ष धर्मराज ओझा र राजबहादुर ऐर, वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष बल बहादुर ऐर, सन्देश नेपालका टेकराज पाण्डे , बाजुरेली सेवा समाजका अध्यक्ष बजिरे धामी र ॐ शान्ति सेवा समाजका हेमराज भण्डारीको कार्यक्रममा सहभागिता रहेको थियो। यस्तै  जिल्ला प्रहरी कार्यालय कैलालीका लागुऔषध ब्युरोका प्रहरी निरीक्षक सन्तोष बस्याल,  पूर्व वडा अध्यक्ष नरबहादुर बम, कटक भण्डारी फाउन्डेसनका अध्यक्ष गणेश भण्डारी र ओम शान्ति सेवा समाजका सदस्य, सन्देश नेपाल सुधार गृहका सञ्चालक बाजुरेली सेवा समाजका अध्यक्षसहित सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रममा लागुऔषध विरुद्ध सबैले एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रम धनगढीको नेशनल चोकबाट सुरु भएको थियो।

कमेन्ट लोड गर्नुस