सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ

२०८० असार २३, ०७:४० खबर संवाददाता

धनगढीः कैलालीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ शिवनगरमा भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी एक लाख ११ हजार नौँ सय मुल्य बराबरको कुर्ती, कुर्ता शुरुवाल, धोतीसहित बाजुराको बुढीगंगा नगरपालिका–६ का २८ वर्षीय दिनेश भारती र सोहि पालिकाका ३६ वर्षीय प्रकाश नाथलाई शनिवार दिउँसो प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कैलालीको  भजनी नगरपालिका–५ हिम्मतपुर र सोहि नगरपलिका–७ को चर्रामा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १८ हजार मुल्य बराबरका ब्रोईलर कुखुरा शनिवार प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। ब्रोईलर कुखुरालाई प्रहरीले कानून बमोजिम नष्ट गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस