सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८० असार २३, ०६:४७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँबाट चार ग्राम पाँच सय मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। सोही ठाउँका १९ वर्षिय रन्जित राना र २० वर्षिय पुष्पा रानालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ। घटनाको थत अनुसन्धान जारी हरेको छ।
 

कमेन्ट लोड गर्नुस