सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद

२०८० असार २२, ०९:४५ खबर संवाददाता

धनगढीः  कैलालीमा भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्लाको धनगढी उप–महानगरपालिका–२ पुरानो भन्सार सडकमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६३ हजार सात सय मुल्य बराबरका जेन्स कुर्ता, पैजामा, लेडिज कुर्ती, लेडिज कुर्ता सुर्वाल, लेडिज लेगिज र काचो कपडा बेवारिसे अवस्थामा प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, शुक्रबारै धनगढी उप–महानगरपालिका–३ त्रिनगर ब्यारेलबाट भारतबाट भन्सार छली १५ हजार मुल्य बराबरका गुट्का, सुर्ती, पास्ता, सोडा, मिश्री, चिनी लगायत अन्य किराना सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै धनगढी उप–महानगरपालिका ३ त्रिनगर ब्यारेलमा भारतवाट भन्सार छली ल्याउदै गरेको अन्दाजी १५ हजार छ सय मुल्य बराबरको एक्सरे मेसिनमा काम लाग्ने पार्टपुर्जासहित गोदावरी नगरपालीका–५का ३५वर्षीय टेकबहादुर चाड पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 
 

कमेन्ट लोड गर्नुस