विपदमा नागरिको सुरक्षा गर्न धनगढी नगर प्रहरीलाई ‘गोताखोर’ तालिम
धनगढीः धनगढी उपमहानगरपालिकाले देशभरमै पहिलो पटक नगर प्रहरीलाई विपद उद्धारमा खटिन सक्ने गरी तालिम दिन थालेको छ। उपमहानगरपालिकाले नगरमा हुने विपदका वेला उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आफ्नै नगर प्रहरीलाई तयार पार्न थालेको हो।
नागरिकको सुरक्षालाई मध्यनजर गरेर नगर प्रहरीलाई विपदका वेला उद्धार कार्यमा खटिन सक्ने बनाउन धनगढीले विभिन्न तालिम प्रदान गरिरहेको छ।
उप महानगरपालिकाका विपद शाखा प्रमुख दिपेन्द्र भण्डारीका अनुसार बर्षायाममा बाढी र डुबानबाट हुने विपदको समयमा नागरिकको सुरक्षा गर्न नगर प्रहरीलाई गोताखोर तालिम प्रदान गरिएको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीसँग समन्वय गरेर नगर प्रहरीलाई बाढी तथा डुबानमा कसरी नागरिकको उद्दार गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको भण्डारीले बताए।
सशस्त्रको गोताखोर टोलीसँग समन्वय गरेर नगर प्रहरीरुलाई पौडि खेल्न सिकाउनका साथै बाढीमा फसेका नागरिकको उद्धार कसरी गर्ने भन्ने बारेमा सिकाइएको छ। धनगढी–१७, १९, ३, ६ नम्बर वडा सम्भावित डुबान हुने क्षेत्रमा पर्ने गरेका छन्। धनगढी उप महानगरपालिकासँग २५ जना नगर प्रहरी छन्। विपद शाखा प्रमुख भण्डारीले भने, ‘सुरक्षामा खटिने प्रहरीका नागि लाईफ ज्याकेट, डुङ्गा लगायत सामग्री तयारी अवस्थामा राखेका छौं। तालिमपछि विपदको समयमा काम गर्न सजिलो हुने धनगढी उपमहानगरपालिकका नगर प्रहरी प्रमुख कृष्णबहादु मल्लले बताए।