सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट प्रतिबन्धित मासु बरामद

२०८० असार २२, १२:४९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट प्रतिबन्धित मासु बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ चेकप्वाइन्ट इलाकामा नेपालमा प्रतिबन्धित आवश्यक कागजात नभएको काटेको खुला मासु बरामद गरिएको हो। करिब १० हजार ८ सय मुल्य बराबरको २७ दशमलव ५ किलो कुखुराको मासु सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक अमृतबहादुर कठायतको कमाण्डमा खटिएको ७ जनाको ड्युटी टोलीले शुक्रबार विहान अवैध मासु बरामद गरेको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १२ (२) अनुसार बरामद गरिएको मासु सीमा सुरक्षा गुल्म त्रिनगरको परिसरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस