सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विस्फोटक पदार्थ फेला, भारतीय नागरिक पक्राउ

२०८० असार २२, ११:२४ खबर संवाददाता

धनगढीः कैलालीमा विस्फोटक पदार्थ फेला परेको छ। जिल्लाको कैलारी गाउँपालिका–३ खोनपुरमा उक्त पदार्थ फेला परेको हो। विस्फोटक पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

कैलारी गाउँपालिका खोनपुरबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा विस्फोटक पदार्थसहित लखिमपुर खिरी चन्दन चौकीका ४२ वर्षीय शिव गुप्ता पक्राउ परेका हुन्। उनलाई २९ किलो ५०० ग्राम विस्फोटक पदार्थसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस