सुदूर नेपाललाई विश्वसँग जोड्दै

धार्मिक तथा पर्यटकीय स्थल बन्दै बैतडीको रामेश्वर धाम 

२०८० असार २१, १०:५० खबर संवाददाता

धनगढीः  बैतडीको रामेश्वर धाम धार्मीक तथा पर्यटकीय स्थल बन्दै गएको छ।

जिल्लाको पाटन नगरपालिका–६ मा पर्ने रामेश्वर धाममा मन्दिरसंग अन्य भौतीक संरचनाहरु निमार्ण भएपछि पर्यटकीय स्थल बन्न पुगेको होे। सुर्नया नदिका किनारामा रहेको रामेश्वरधाममा अहिले १० लाखको प्रदेश सरकारबाट नयाँ धार्मीक भवन निमार्ण भइरहेको संरक्षण समितीका संयोजक तथा पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहराले बताए। उनका अनुसार ३ लाख लगानीमा पाटन नगरपालिकाले पिसीसीबाटो निमार्ण गरेको छ।No description available.

स्थानीय भक्तजनको करिब दुई लाखको लगानीमा स्नानघर समेत निमार्ण भइरहेको मन्दिर निर्माण समितिका अध्यक्ष रामसिंह विष्टले बताए। मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् धाम पर्ने उल्लेख गरिएको दाबी जगतगुरुको छ।

नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक बोहराले बताए। माघ महिनामा रामेश्वरधाममा स्नान गर्नेको भिड लाग्ने गरेको छ।
No description available.

कमेन्ट लोड गर्नुस