सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ढाई लाख बढीका भन्सार छलीका सामान बरामद

२०८० असार २१, ०८:०४ खबर संवाददाता

धनगढीः  कञ्चनपुरमा प्रहरीले ढाई लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्लाको भिमदत्त नगरपालिका–१० सुकाशालबाठ बेवारिसे अवस्थामा मिस्री, गाडीको फिल्टर, त्रिपाल, रसगुल्ला झोल, गाडीको हेडलाईट, गाडीका पंखा, बिस्कुट, पलाष्टिक झिल्ली, मटर दाल, पानी पुरी गरी ९६ हजार सात सय बराबरका समान बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै कृष्णपुर नगरपालिका–५ गुलरीयाको वनदेवी सामुदायिक वनबाट अन्दाजि एक लाख १० हजार मुल्य बराबरका बैखा जातका माछासहित से ४ प ४६९ नम्बरको मोटरसाईकल बरामद गरेको हो। ईलाका प्रहरी कार्यलय गुलरियाले बरामद गरेका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डा चौकी पठाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस