सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईईमा २२ हजारले ल्याए ३.६ देखि ४ जीपीए

२०८० असार २१, ०५:१४ खबर संवाददाता

धनगढीः  माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको छ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पत्रकार सम्मेलन गर्दै परीक्षाफल सार्वजनिक गरिएको हो। बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ अर्थात २.९ प्रतिशत छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ र २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना छन्।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन्। उनीहरूको संख्या १ लाख २ हजार २९३ छ। यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९सय ३९ जना परीक्षार्थी सहभागी भएका थिए। 

नतिजा कसरी हेर्ने ?
How To Check www.neb.ntc.net.np SEE 2079-80 Result

कमेन्ट लोड गर्नुस