चौकीडाँडा सामुदायिक वनद्धारा स्वर्णपदक विजेता आनन्दलाई आर्थिक सहयोग

धनगढीः कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका कराँते खेलाडी आनन्द कामीलाई आर्थिक सहयोग गरिएको छ।
मलेसियामा हुने १९औ एसियाली कराते प्रतियोगीतामा जानका लागि आनन्दलाई आर्थिक अभाव भएपछि नगरपालिकाको–३ मा रहेको चौकीडाँडा सामुदायीक वनले उनलाई आर्थिक सहयोग गरेको हो। प्रतियोगीतामा भाग लिनका लागि मलेसिया जानुपर्ने र आर्थिक अभावका कारण उनको जान सकिने अवस्था नरहेकाले आर्थिक सहयोग गरिएको सामुदायिक वनका सहसचिव आसिष भट्टराईले बताए।
सामुदायिक वनका तर्फबाट आनन्दलाई नगद १५ हजार रुपैँया सहयोग गरिएको हो। आनन्दले २०७९ कार्तिक ३ गते पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा करातेँ तर्फ ५० केजी तौल समुहमा स्वर्ण पदक जितेका थिए।
