सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्मि बोहरा मृत्युु प्रकरणः एक युवती पनि प्रहरीको नियन्त्रणमा

२०८० असार २१, ०१:१० खबर संवाददाता

धनगढीः  कैलालीको गोदावरी नगरपालिका–४ अत्तरियाकी १८ वर्षीया अस्मि बोहरा मृत्युु प्रकरणमा उनकी साथीलाई समेत प्रहरीले पक्राउ गरेको छ।

गत ९ असारमा मृत अवस्थामा भेटिएकी बोहरालाई बलात्कारपछि आत्महत्या गर्न बाध्य पारेको भन्दै उनका प्रेमी भनिएका मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरेको प्रहरीले अस्मीकी साथी लक्ष्मी खड्कालाई पनि समातेको हो।

आफ्नो कोठामा बोलाएर बोहरामाथि बलात्कार गर्न सघाएको भनदै आफन्तले उनीविरुद्ध किटानी दिएका थिए। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) गणेश बरालले दुुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

उनकाअनुसार नेपालगंजमा अध्ययनरत अस्मिमाथी नेपालगंजमै जबरजस्ती करणी भएको र ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको भन्दै किटानी जाहेरी दिएका छन्।
 

कमेन्ट लोड गर्नुस