सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषधसहित तीन जना पक्राउ    

२०८० असार २१, ११:५८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का विशाल राना र वडा नम्बर २ का ज्ञानु धामी र मनोज केसी लागुऔषधसहित पक्राउ परेका हुन्।

३४ वर्षिय राना बुधवार साँझ ६ सय मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो। वडा नम्बर ३ को सब्जिमण्डीबाट बुधवार राति २० वर्षीया धामी र २० वर्षिय केसी एक सय ९० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका प्रदेश प्रहरीले बताएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनीहरुको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।
 

कमेन्ट लोड गर्नुस