कैलालीका राना राष्ट्रिय प्रतिभा पुरस्कारको प्रादेशिक विधामा छनोट

धनगढीः कैलालीका नन्दलाल राना राष्ट्रिय प्रतिभा पुरस्कारको प्रादेशिक विधामा छनोट भएका छन्।
प्रेस चौतारी कैलालीका सह–सचिवसमेत रहेका राना नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गर्ने प्रादेशिक प्रतिभा पुरस्कार (संस्कृति विधा तर्फ) २०७९ मा छनोट भएका हुन्। संस्कृति विधामा पुराएको योगदानको उचित मुल्यांकन गर्दै सुदूरपश्चिम प्रदेशबाट कैलालीका रानालाइ मन्त्रालयले छनोट गरेको छ।
