सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८० असार २१, ०६:१८ खबर संवाददाता

धनगढीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जस्को प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

कमेन्ट लोड गर्नुस