सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा बैठक आज बस्दै

२०८० असार २१, ०५:५७ खबर संवाददाता

काठमाडौंः प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधवार स्थगित भएको राष्ट्रियसभा बैठक आज बिहीवार बस्दैछ। बुधवार अपराह्न २ः३१ बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए। 

एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ः०१ बजे बस्ने गरी स्थगित भएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः ४ः४६ बजे बैठक बस्ने सूचना जारी गरेको थियो। तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीवार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरेका सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस