सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बहु–विवाहका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

२०८० असार २०, ०७:४८ खबर संवाददाता

धनगढीः  कैलालीमा बहु–विवाहका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–४ का नन्दराज कडेल र २७ वर्षीया पबित्रा शर्मा कडेल बुधबार दिउँसो पक्राउ परेका हुन्। उनीहरुलाई २०७१ मंसिरमा बहु–विवाहको मुद्धामा ११ महिना १५ दिन कैद र १० हजार जरिवाना तोकेको थियो।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो। दुबै जनालाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस