सन्दीप लामिछाने आइसिसी वरियतामा सुधार गर्दै २४औँ स्थानमा
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को ओडिआई वरियतामा सुधार भएको छ।
जिम्बावेमा जारी विश्वकप छनोटको प्रदर्शनलाई ध्यानमा राख्दै आइसिसीले सार्वजनिक गरेको वरियतामा सन्दीपले एक स्थान सुधार गर्दै २४ औं स्थानमा अटाएका हुन्। उनी भन्दापछि विश्व चर्चित भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह २६ औं, श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा २९ औं, महेश थिक्सेना ३२ औं र युजभेन्द्र चहल ४४ औं स्थानमा छन्।
साथै तीव्र गतिका बलर करण केसीले पनि दुई स्थान सुधार गर्दै ८७ औं स्थानमा आएका छन्। तर, कप्तान रोहितकुमार पौडेल र आसिफ शेखको भने वरियता खस्किएको छ।