सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शौचालयको अभाव, धनगढी आउने आगन्तुक कहाँ जान्छन् शौच गर्न?

२०८० असार २०, १०:५० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीमा सार्वजनिक शौचालयको अभाव छ। विभिन्न कामको शिलशिलामा धनगढी आइपुग्ने आगन्तुकका लागि शौच गर्न निकै ठुलो समस्या छ। पैसा तिरेर भए पनि शौच गर्न धनगढीमा सार्वजनिक शौचालय नहुँदा आगन्तुकले शौचका लागि भौतारिनुपर्ने बाध्यता छ।

उपमहानगरपालिका मेयर गोपाल हमालले सहर क्षेत्रमा शौचालयको अभाव रहेको बताएका छन्। उनले धनगढीमा सार्वजनिक शौचालय नहुँदा यहाँ आउने आगन्तुकलाई समस्या हुने गरेको छ। उनले हालै आफूलाई एक पत्रकारले धनगढीमा कति शौचालय छन्? भनेर प्रश्न गर्दा यति छन् भनेर भन्न नै लाज लागेको समेत बताए।

मेयर हमालले भने, ‘हाम्रो धनगढीमा जम्मा ६ वटा शौचालय छन्। कसैले सोध्यो भने भन्न पनि लाज लाग्छ।’ यस्तै धनगढीमा शौचालयका लागि ठाउँ नपाउदा निर्माणमा समस्या भएको उनले बताए। यो समस्या समाधानका सम्पूर्ण सरकारी कार्यालयलाई पत्र नै काटेर शौचालय बनाउन पहल थालिएको उनको दाबी छ।

धनगढीमा सार्वजनिक शौचालय नहुँदा यहाँ आइपुग्ने आगन्तुकले शौचकै लागि होटलमा खाजा, खानाको नाममा शौच गर्नुपर्ने बाध्यता छ। धनगढीमा नयाँ आइपुग्ने आगन्तुकका लागि त शौचको समस्या अझ बढी झेल्नु परेको छ। चोक तथा सार्वजनिक जहाँ बढी भिडभाड हुन्छ त्यस्ता क्षेत्रमा सार्वजनिक शौचालय हुनुपर्नेमा धनगढीको हकमा हुन सकेको छैन्। मेयर हमालले भने यस्तो समस्या दिर्घकालिन रुपमा समाधानका लागि पहल थालिएको भए पनि स्थान अभावकै कारण कार्यान्वयनमा ढिलाइ भइरहेको बताउँछन्।

अहिले धनगढीको बसपार्कमा ३, जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धवार र उप–महानगरपालिकाको कार्यालय परिसरमा एक÷एक र बसन्त टोलमा एक सामुदायिक शौचालय सञ्चालनमा छन्।  उप–महानगरपालिकाले धनगढीको चौराह क्षेत्र, बसपार्क (साल्ट ट्रेडिङ) क्षेत्र, नेश्नल ट्रेड्रिङ भएको क्षेत्र, पशु कार्यालय भएको क्षेत्र, खाद्य क्षेत्र, क्याम्पस चोक र फुलबारी क्षेत्रमा सार्वजनिक शौचालय आवश्यक छ।

कमेन्ट लोड गर्नुस