सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका युवा पत्रकार सुरजको काठमाडौंमा मृत्यु 

२०८० असार २०, ०९:०७ खबर संवाददाता

बैतडीः बैतडीका युवा पत्रकार सुरज महराको काठमाडौंमा मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका–४ मा पत्रकारिता गर्दै आइरहेका महराको काठमाडौंमा मंगलवार मृत्यु भएको हो। महरा विगत केही महिनादेखि छाला सम्बन्धी रोगबाट पीडित थिए।

२ महिनादेखि काठमाडौंमा उपचार गराइरेका उनको एक्कासी मंगलवार मृत्यु भएको सहकर्मी मनमोहन विस्टले बताए। १८ वर्षीय महरा बैतडीकै अनलाइनमा  कार्यरत थिए। उनी कृष्ण मावि पाटनमा डिप्लोमा तह पाचौं सेमेष्टरमा अध्ययनरत थिए।
 

कमेन्ट लोड गर्नुस