सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको स्वस्तिक अस्पतालले असार २३ गते निःशुल्क मुटु चेकजाँच र बृहत् रक्तदान गर्ने

२०८० असार १९, ०९:५१

धनगढीः धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रलिले ‘स्वस्थ मुटु, स्वच्छ मन, स्वास्थ्य नै मानव जीवनको पहिलो धन’ भन्ने मूल नाराका साथ मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर र बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। कैलालीको धनगढी सहिद गेटमा रहेको अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त कार्यक्रमहरू गर्ने भएको हो।

२०८० असार २३ गते शनिवारका दिन स्वस्तिक अस्पतालले गर्ने मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविरमा पुराना मुटुका बिरामी, पेसमेकर राखेका र मुटुको शल्यक्रिया गरेका बिरामी, उच्च रक्तचाप तथा रक्तचाप कम भइराख्ने बिरामी, उच्च कोलेस्ट्रोल तथा ट्राइृग्लिसाइडका बिरामी, कुनै पनि मुटु सम्बन्धी समस्या भएर औषधी सेवन गरिराखेका बिरामी, मुटु ढुकढुक हुने, आत्तिने तथा डराउने लक्षण भएका व्यक्ति, आफूलाई मुटु सम्बन्धी समस्या भएको शङ्का गर्ने अथवा आफ्नो मुटुको अवस्था थाहा पाउन खोज्ने जुनसुकै व्यक्तिले पनि असार २२ गते राति १२ बजे भित्र सम्पर्क गरी सेवा लिन सक्ने अस्पतालका अध्यक्ष महेश राज जोशीले बताए।

अध्यक्ष जोशीका अनुसार अस्पतालले कोलेस्ट्रोल, ट्राइलिसाइड, एचडीएल, क्रेटीनाईन, हेमोग्लोबिन, युरिन आरईरएमई, इसिजी, एक हप्ताको लागी औषधि (मुटु सम्बन्धी समस्या देखिएका बिरामी लाई मात्र), मुटु रोग विशेषज्ञद्वारा निःशुल्क परामर्श गरी सात प्रकारका सेवाहरू पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने भएको छ।

यस्तै, इन्ड्रोस्कोपी, टिएमटी, एबिपिएम, हल्टर, इकोकार्डियोग्राफी (इको) लगायतका अन्य निदानात्मक सेवाहरूमा ३० प्रतिशत छुट दिइने अध्यक्ष जोशीले बताए।

‘हाम्रो अस्पतालमा सामाजिक उत्तरदायित्व बहन गर्दै बृहत् मुटु स्वास्थ्य सम्बन्धी शिविर र बृहत् रक्तदान कार्यक्रम गर्न गई रहेका छौँ। यही असार २३ गतेका दिन सम्पूर्ण सम्बन्धित व्यक्तिहरूलाई आफ्नो मुटु स्वास्थ्यको बारेमा जानकारी लिन आह्वान गर्दछु। हामी व्यवशायीक दृष्टि मात्रै चलाउँदैनौँ। बलकी सम्पूर्ण सुदूरपश्चिम वासीको परिवार को एक सदस्य जस्तै गरी जिम्मेवारीका साथ सहयोग गर्न तयार छौ। यो भन्दा पहिले पनि हामीले विभिन्न निःशुल्क क्याम्प गरिसकेका छौँ, अझै पनि यस कार्यक्रम गर्न प्रतिबद्ध छौँ । हाम्रो अस्पतालले व्यसाहारा तथा स्थानीय पालिकाले विपन्न परिचय पत्र प्रदान गरेका बिरामीहरूलाई तीन ओटा निःशुल्क बेडको समेत व्यवस्था गरेका छौँ। आउनुहोस् असार २३ गते शनिवार मुटु चेकजाँच सेवा प्राप्त गर्नुहोस् भनी सबैमा आह्वान गर्दछु भने हाम्रो अस्पतालमा मुटुका बिरामी मात्र नभई मानव स्वास्थ्यमा देखा पर्ने जुनसुकै खालको समस्याको विषय विज्ञ र हाल उपलब्ध सुदूरपश्चिममै उत्कृष्ट प्रविधिबाट उपचार सेवा प्रदान गर्दै आइरहेको पनि जानकारी गराउँदछु ,’ उनले भने।

जसका लागी बिरामी तथा आफ्नो मुटु सम्बन्धी चेकजाँच गराउन चाहने इच्छुक व्यक्तिहरूले २२ गते राति १२ बजे भित्र अग्रिम नाम दर्ता गराई सक्नुपर्ने अस्पताल स्रोतले स्पष्ट सार्वजनिक सूचना मार्फत जनाएको छ।
मुटु रोग सम्बन्धी पूर्णकालीन विशेषज्ञ सेवा र इमरजेन्सी सेवा समेत प्रदान गर्दै आइरहेको स्वस्तिक अस्पतालले यस अघि पनि निसन्तान पन सम्बन्धी र ढाड तथा नसा रोग सम्बन्धी समस्या भएका बिरामीहरूका लागी निःशुल्क शिविर सेवा कार्यक्रम भव्यताका साथ सम्पन्न गरी सकेको जनाएको छ।

यसका साथै अस्पतालले सोही दिन असार २३ गते नै बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गर्न गइरहेको जानकारी गराउँदै अस्पतालका अध्यक्ष जोशीले सम्बन्धित सबै पेसा व्यवसायीहरूमा रक्तदान जीवन दान जस्तो पुण्य कार्यमा सरिक हुन समेत आम सर्वसाधारणमा आग्रह गर्नुभएको छ।

कमेन्ट लोड गर्नुस