सुदूर नेपाललाई विश्वसँग जोड्दै

समस्या ग्रस्त सडकमा ग्राभेल गर्दै धनगढी उपमहानगर

२०८० असार १९, ०५:०३ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले बर्साद्को समयमा आवतजावतमै समस्या हुने सडकहरुमा ग्राभेल गर्न थालेको छ। नगरवासीबाट प्राप्त गुनासाहरुको सुनुवाइ गर्दै उपमहानगरले खाल्डाखुल्डी पुरेर आवतजावतमै समस्या हुने गरेका सडकमा ग्राभेल गर्न थालेको हो। धनगढीका अधिकांश सडक अहिले पनि कच्ची छन्।

एक पटक पनि ग्राभेल नभएका सयौंको संख्यामा उपमहानगरभित्र सडक छन्। यसअघि सामान्य ग्राभेल गरिएका सडकमा समेत खाल्डाखुल्डी परेर आवतजावतमै समस्या हुने सडकको संख्या पनि त्यतिकै छन्। तर, उपमहानगरले भने खाल्डाखुल्डी पुरेर हिलो जमेका सडकमा दिनहुँ ग्राभेल गर्ने काम भइरहेको बताएको छ।

उपमहानगरले वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै समस्याग्रस्त सडकमा स्थानीयले झेल्नु परेको समस्यालाई मध्यनजर गर्दै गुनासो आएका क्षेत्रमा ग्राभेल गर्न थालेको हो। जहाँजहाँबाट सडकका खाल्डाखुल्डीका कारण समस्या आएको छ ती स्थानलाई उच्च प्राथमिकतामा राखेर सडक ग्राभेल गर्ने काम भइरहेको उपमहानगरले जनाएको छ।

धनगढी उपमहानगरपालिकाका–१८ भट्टराई टोलमा बर्साद्का कारण खाल्डाखुल्डी भएर पानी जमेपछि खाल्डाखुल्डी पुरेर ग्राभेल गर्ने काम भएको छ। त्यस्तै, धनगढी उपमहानगरपालिका–५ शिवनगर टोलमा बर्षाका कारण हिलो जमेर आवागमनमा समस्या भएकाको खाल्डाखुल्डीमा ग्राभेल गरेर अवागमन सहज बनाइएको छ।

धनगढी उपमहानगरपालिकाका–१८ शिवपुरी टोल, धनगढी उपमहानगरपालिकाका–१८ नुक्लीपुर, वडा नम्बकर ८ कान्तिपुर टोल, वडा नम्बर ५ तारानगर यातायात कार्यालय नजिक, नन्दिनाज बिद्यालय नजिक, वडा नम्बर ४ सन्चय कोष जाने बाटो, उत्तरबेहडी, बोरडाँडी, वडा नम्बर ३ विद्युत कार्यालय पछाडि, चन्डेश्वरी मन्दिर नजिकको सडक, ६ लेन पुरवार पेट्रोल पम्प नजिक, मायामेट्रो अस्पताल नजिक ६ लेनको छेउको सडक, जनता विद्यालय नजिक बिशालनगर, वडा नम्बर ७ पटेला सडक तथा वडा नम्बर १ शैलेश्वरी बिद्यालय पछाडिको सडक बर्षातका कारण खाल्डाखुल्डी परेर आवागमनमै समस्या भएपछि ती सडकहरुमा ग्राभेल गरेर आवागमन सहज बनाउने काम भएको उपमहानगरले जनाएको छ।

कमेन्ट लोड गर्नुस