सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक युवा मृत भेटिए

२०८० असार १९, ०१:४९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना युवा मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन्।

बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस