सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको भीटा भिरमा लगाइयो रेलिङ

। फोटो स्रोत ।
२०८० असार १९, ०९:२० खबर संवाददाता

बैतडीः बैतडीको भीटा भीरको बाटोमा रेलिङ लगाइएको छ। दशरथचन्द नगरपालिका–४ जर्ग स्थित भीटा भीरको बाटोमा नगरपालिकाले १० लाख खर्चेर रेलिङ (जाली) लगाइएको हो। ३ गाउँका बासिन्दाले दैनिक नियमित सदरमुकाम आवतजावत गर्ने उक्त बाटोमा लडेर केहि सयम अघि ३ जनाले ज्यान गुमाएका थिए।

अहिले उक्त बाटो निर्माण भएपछि स्थानियबासीलाई सहज भएको छ। ६ महिना अघि मात्रै एक स्थानियबासीको लडेर ज्यान गएको थियो। यसैगरी ५ बर्ष अघि एक भरियाको ज्यान गएकोमा १५ वर्ष अघि एक कर्मचारीको कार्यालय जादैँ गर्दा लडेर ज्यान गएको थियो।

जिल्ला सदरमुकामकै वडामा यस्तो समस्या भएपछि दशरथचन्द नगरपालिका बाटो बनाउन अग्रसर भएको थियो। वडाअध्यक्ष भानदेव भट्टले चुनावका बखत समेत बाटो बनाउने प्रतिवद्धता गरेका थिए। नगर प्रमुख पुष्करराज जोशी लख्खाभाईले अहिले बाटो अधुरै रहेपनि आगामी बर्षमा पुर्णता दिइने बताए। ३ सय ५० मिटर लम्बाई रहेको अप्ठ्यारो भीरको बाटोको अहिले करिव सवा २ सय मिटरमा रेलिङ लगाइएको छ।
 

कमेन्ट लोड गर्नुस