सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एरिष्टो स्कुलमा गुरु पूर्णिमा मनाइयो

२०८० असार १८, ०९:४९ खबर संवाददाता

धनगढीः गुरु पूर्णिमाको अवसरमा  धनगढीको एरिष्टो स्कुलमा गुरु पूर्णिमा मनाइएको छ।

स्कुलका विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा शिक्षक शिक्षिकाहरूबाट  टीका र आशीर्वाद ग्रहण गरिएको हो। स्कुलमा अध्ययनरत छात्र–छात्राहरूलाई विद्यालयका संस्थापक अध्यक्ष शान्ती अधिकारी क्षेत्रीलगायत शिक्षिका र शिक्षकहरूले टीका लगाएर आशीर्वाद दिएको विद्यालयका शिक्षक अरुण बस्नेतले बताए।No description available.

गुरु पूर्णिमाले गुरु–शिष्य सम्बन्धको स्मरण गराउने र व्यक्तिलाई जीउने कला र मुक्ति मार्ग सहजै प्राप्त गर्ने बाटो गुरूले देखाउने विश्वास गरिन्छ। जीवन सहज बनाउन, सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने ज्ञान र मार्गदर्शन  असल गुरूबाट प्राप्त हुने पूर्वीय मान्यता रहेको छ।

गुरूले अज्ञानताबाट ज्ञानको मार्गमा डो¥याउने कुराको सम्मानमा हरेक वर्ष असार शुक्ल पूर्णिमा तिथिको दिन गुरु पूर्णिमा मान्ने परम्परा रहेको छ। गुरूलाई सम्मान र स्मरण गर्दै गुरु पूर्णिमा मान्ने प्रचलन रहेको छ।
 

कमेन्ट लोड गर्नुस