सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डको खेल भोली हुने

२०८० असार १८, ०५:५३ खबर संवाददाता

नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको अन्तिम खेलमा भोलि मङ्गलवार टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ।

खेल दिउँसो पौने १ बजे हरारेमा शुरु हुनेछ। नेपालले सातौँ स्थानका लागि हिजो भएको सेमिफाइनल खेलमा यूएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो। नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेका हुन्। यो नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न लागेको तेस्रो खेल हो। यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलेको थियो।

नेपाल विश्वकप छनोटमा समूह ’ए’ बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरिएको थियो। नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ रन र नेदरल्यान्ड्ससँग ७ विकेटले हारेपछि ’सुपर सिक्स’ मा पुग्न असफल भएको थियो। 
 

कमेन्ट लोड गर्नुस