टीकापुर–९ का आशारामको घरमा आगलागी

२०८० असार १८, ०८:४६
धनगढीः कैलालीको टीकापुरमा आगलागी भएको छ। टिकापुर नगरपालिका वडा नम्बर–९ रोहनीभुजीमा आशाराम चौधरीको घरमा आइतवार आगलागी भएको ९ नम्बर वडा अध्यक्ष लौटन चौधरीले जानकारी दिए।
उनका अनुसार घरभित्र रहेको गँहु, तोरी, चामल, काठ लत्ताकपडा, काठसमेत जलेर अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको अध्यक्ष चौधरीले बताए। इलाका प्रहरी कार्यालय टिकापुरका अनुसार दिउँसो २ बजेको समयमा घरमा कोही नभएको बेलामा अचानक आगलागी भएको जनाएको छ।
.gif)


कमेन्ट लोड गर्नुस