सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज कुन–कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ?

२०८० असार १८, ०५:५९ खबर संवाददाता

धनगढीः हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

कमेन्ट लोड गर्नुस