सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपेन्द्रको अर्द्धशतकमा नेपालको जित

२०८० असार १७, ०९:५३ खबर संवाददाता

आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले यूएईलाई तीन विकेटले पराजित गरेको छ।

जिम्बाबेको हरारेमा भएको खेलमा यूएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो। नेपाललाई जित दिलाउन दीपेन्द्रसिंह ऐरीले महत्त्वपूर्ण पारी खेले। उनले ८५ बलमा ७९ रन बनाए। जसमा सात चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, नेपालका लागि कुशल भुर्तेलले ३५, सन्दीप लामिछानेले २३, ज्ञानेन्द्र मल्लले १३ र गुल्सन झाले १२ रन बनाए। अन्य ब्याटर चल्न सकेनन्।

यूएईका लागि मोहम्मद जवदुल्लाले तीन, जुनैद सिद्दिकी, अलि नसीर, संचित शर्मा र रोहन मुस्तफाले एक–एक विकेट लिए। यसअघि ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा १८१ रन बनाएको थियो। यूएईका लागि भृत्य अरविन्दले ४४, रोहन मुस्ताफाले ३५, वसिल हमीदले २९, अर्यान्स शर्माले २८, सञ्चित शर्माले १२ रन बनाए।

त्यस्तै, नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन, प्रतिश जीसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए।
 

कमेन्ट लोड गर्नुस