सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिलनचोकमा बेवारिसे अवस्थामा भन्सार छलीका सामान फेला

२०८० असार १७, ०८:०० खबर संवाददाता

धनगढीः कैलालीमा प्रहरीले  भन्सार छलीका सामान बरामद गरेको छ।

 जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १७ हजार दुई सय मुल्य बराबरको बिडी, पानमसाला, सुर्ती, चक्लेट, लगायतका सामान आईतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी पक्राउ गरेको हो।

यसैगरि, धनगढी उप–महानगरपालिका –३ मिलनचोकमै भारतबाट भन्सार छली ल्याएका अनुमानित ३० हजार मुल्य बराबरका स्टेसनरीका सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस