कैलालीमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीमा वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–१ का ७२ वर्षीय चक्रबहादुर छन्त्याल पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो। छन्त्याललाई उनकै घरबाट पक्राउ गरिएको हो।
उनलाई जिल्ला अदालत कैलालीले २०५९ पौष ३ गते वन मुद्धामा छ महिना सजाय तोकेको थियो। उनलाई कारवाहीका लागी अदालतमा पेस गरेको प्रहरीले जनाएको छ।