सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना घाइते

२०८० असार १७, ०८:२८ खबर संवाददाता

दार्चुलाः दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कलेमा चालकसहित तीन जना सवार चिप दुर्घटना भएको हो। दार्चुला प्रहरीका अनुसार चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तीका ३४ वर्षीय मानसिंह टमाटाको टाउको चोट छ। उनी गम्भीर छन्। शैल्यशिखर नगरपालिका २ का ३० वर्षीय किरण कामी र बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय दिपक लुहारको अवस्था मध्यम छ।

घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ। दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गणन्नातर्फ गइरहेको से १ ज ११०४ नम्बरको जिप शनिवार साँझ साढे सात बजेतिर दुर्घटनामा परेको थियो। जिप सडकबाट दुई सय मिटर तल खसेको दार्चुला प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस