सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोदा नदी किनारमा एक जना मृत फेला

२०८० असार १७, ०७:५९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ जाँईका ४५ वर्षिय करनसिंह साउँद मृत फेला परेका हुन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनी घरदेखि चार सय मिटरको दुरीमा रहेको दोदा नदीको छेउमा मृत फेला परेका हुन्। बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गरेका थिए। उनी शनिवार राति मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय झलारीले घटनाको थप अनुसन्धान गर्दैछ।
 

कमेन्ट लोड गर्नुस