सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोकाकोला र इनर्जी ड्रिङ्क्सबाट क्यान्सरको जोखिमः डब्ल्यूएचओ

२०८० असार १६, ०५:०७ खबर संवाददाता

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोका–कोला, इनर्जी ड्रिङ्क्स, चुईङगमलगायतका पेय तथा खाद्य पदार्थमा प्रयोग गरिने गुलियोले क्यान्सर हुनसक्ने तर्फ सचेत गराउँदै चेतावनी दिएको छ।

कोका–कोलालगायत अन्य पेय तथा खाद्यपदार्थलाई मीठो बनाउन प्रयोग गरिने आर्टिफिसियल स्विटनर एस्पार्टमले क्यान्सरको जोखिम बढाउनेतर्फ डब्ल्युएचओले चेतावनी दिएको हो। एस्पार्टम कोका–कोला, डाइट सोडा, मार्स एक्स्ट्रा च्युइङ्गम र केही अन्य पेय तथा खाद्यपदार्थमा प्रयोग गर्ने गरिन्छ। गत वर्ष फ्रान्समा एस्पार्टमबारे भएको एउटा अनुसन्धानले क्यान्सरको खतरा उच्च बनाउने देखाएको थियो।

आर्टिफिसियल स्विटनर सेवन गर्ने एक लाख मानिसमा गरिएको अध्ययनपछि कृत्रिम मिठास भएका पेय तथा खाद्य पदार्थको अधिक सेवन गर्नेलाई क्यान्सरको जोखिम उच्च हुने निष्कर्ष निकालिएको थियो। डब्ल्यूएचओको एजेन्सी फर रिसर्च अन क्यान्सरले १४ जुलाइमा आधिकारिक रुपमा अध्ययन रिपोर्ट र निष्कर्षको घोषणा गर्ने जनाइएको छ। डब्लुएचओको यो निष्कर्षले बहुराष्ट्रिय कम्पनीहरुमा हलचल नै पैदा गरिदिएको छ।

कमेन्ट लोड गर्नुस