सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका २ पालिकामा भोलि सार्वजनिक बिदा

२०८० असार १६, ०९:०३ खबर संवाददाता

दार्चुलाः दार्चुलाका २ पालिकामा भोलि (आइतवार) सार्वजनिक बिदा दिइएको छ।

शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई वटा पालिकाले आइतवार सार्वजनिक बिदा दिएका हुन्। दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक बिदा दिने सूचनामार्फत जनाएका हुन्।

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ। सोही जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाहरुले जनाएका छन्। सार्वजनिक बिदाका दिन पालिकाभरी रहेका सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ।


 

कमेन्ट लोड गर्नुस