सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शिल गरिएको मेडिकल सञ्चालन गर्ने एक जना पक्राउ

२०८० असार १६, ०८:२६ खबर संवाददाता

बैतडीः बैतडीमा शिल गरिएको मेडिकल सञ्चालन गर्ने एक जना पक्राउ परेकी छिन्।

बैतडी प्रशासनले शिल गरेको मेडिकल जानकारीबिना पुनः सञ्चालन गरेको आरोपमा बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहकी श्रीमती श्यामा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालयले गत जेठ दोश्रो साता अवैध ठहर गर्दै  श्यामा क्लिनिक शिल गरेको थियो।

अवैध रुपमा क्लिनिक सञ्चालन गरी समान्य स्वास्थ्य शिक्षा समेत हासिल नगरेकी श्यामा शाहले बिरामी जाच्नेदेखि औषधी बिक्रिवितरण गर्ने गरेको पाइएपछि मेडिकल शिल गरिएको थियो। तर पुनः मेडिकल सञ्चालन गरिएपछी शुक्रवार श्यामालाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले बताएका छन्।

कमेन्ट लोड गर्नुस