सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिबाट देशभर गिटी र बालुवाको उत्पादन र बिक्री बन्द

२०८० असार १५, ०८:१५ खबर संवाददाता

काठमाडौंः भोलि असार १६ गतेबाट देशभर ढुंगा, रोडा, गिटी र बालुवाको उत्पादन र बिक्री बन्द हुने भएको छ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले भोलीबाट ढुंगा तथा गिटी बालुवाको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको हो।

क्रसर नविकरणमा देखिएको समस्याको स्थायी समाधानको माग गर्दै असार १५ सम्मको अल्टिमेटम दिएपनि गृह मन्त्रालयले आफूहरुको माग सम्बोधन नगरेका कारण असार १६ गतेबाट उद्योग नै बन्द गर्ने घोषणा गरिएको महासंघले जनाएको छ।

महासंघका अध्यक्ष सिताराम न्यौपानेले यसअघि आफूहरुले असार १५ गते सम्मको समय दिएको तर, यस अवधिमा सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधन नगरेकाले भोलिबाट उत्पादन र बिक्री वितरण बन्द गर्ने घोषणा गरिएको बताए।

कमेन्ट लोड गर्नुस