सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका बादी समुदायलाई घर हस्तान्तरण

२०८० असार १५, ०६:४२

दिपा भण्डारी, अछामः अछामका बादी समुदायलाई घर हस्तान्तरण गरिएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ भैसेडाँडामा निर्माण गरिएका दुई घर बादी समुदायलाई हस्तान्तरण गरिएको हो। 

नगर प्रमुख पदमबहादुर बोहराले १२ लाखको लागतमा निर्माण भएका दुई घर बादी समुदायलाई हस्तान्तरण गरिएको बताए। नगरपालिकाले जग्गा खरिद र घर निर्माण गरेर बिहीवार हस्तान्तरण गरिएको उनले बताए। नगर उपप्रमुख संगीता रावल सोडारीले घरको ढोका खोलेर घर बादी समुदायलाई हस्तान्तरण गरेकी हुन्। नगर प्रमुख बोहराले नगरपालिका जनताको नजिकको सरकार भएकाले कम्जोर आर्थिक अवस्था भएका समुदायलाई सहयोग गर्दै आएको बताएका छन्। 

चालु आर्थिक वर्षमा पनि मंगलसेन नगरपालिकाले आर्थिक अवस्था कम्जोर भएका नागरिकका घरहरु निर्माणका योजना कार्यान्वयन गर्दैछ। आगामी आर्थिक वर्षमा पनि कार्यक्रमले निरन्तरता पाउने नगर प्रमुख बोहराले बताएका छन्।


 

कमेन्ट लोड गर्नुस