सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

२०८० असार १५, ०१:१८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट दुई सय ९० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–८ का २५ वर्षीय रामलखन रानालाई बिहीबार दिउँसो लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रानालाई लागुऔषधसहित पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस