जानकी गाउँपालिकामा शारीरिक अपाङ्गता भएका व्याक्तिलाई सहायताका सामाग्री हस्तान्तरण
धनगढीः कैलाली जिल्लामा जानकी गाउँपालिकाकामा शारीरिक अपाङ्गता भएका व्याक्तिलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ।
शारीरिक अपाङ्गता भएका व्याक्तिलाई सहयोग स्वरूप उक्त सामाग्री हस्तान्तरण गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा जानकी गाँउपालिकाको समन्वय र सहयोगमा उक्त सामाग्री हस्तान्तरण गरिएको छ। महेन्द्रनगर कञ्चनपुरको प्रविधिक सहयोग र हाम्रो सृजनशिल अपाङ्ग संघ जानकी गाउँपालिका कैलालीको समन्वयमा जानकी गाँउपालिका भित्रका सबै किसिमका अपाङ्गता भएकाहरुका लागि आवस्यक सहायक सामाग्री दिएको हो।
जानकी गाउपालिकाका अध्यक्ष गणेश चौधरीको आथित्यमा सृजनशिल अपाङ्ग संघका अध्यक्ष आशाराम चौधरीको सभापतित्वमा र विभिन्न संघसस्थाका समन्वयमा विभिन्न सामाग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा विभिन्न तह र तप्कावाट सहयोग गर्नुहुने जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामि, कञ्चनपुर टिमका टेक बुढा, कृष्ण भाट, जानकी गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,महिला शाखा प्रमुखलाई सहयोग गरेको भन्दै गर्ने देवकोटाले धन्यवाद व्यक्त गरे।
उक्त कार्यक्रममा ४ थान ह्वयल चियर , ३ थान साईकल, ४ जनालाई किर्तिम खुट्टा र हात हस्तान्तरण गरिएको वासुदेव देवकोटाले जानकारि बताए।