सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुशल भुर्तेलले लिएको क्याच आईसीसीद्वारा उत्कृष्ट क्याच घोषित

२०८० असार १४, ०७:४० खबर संवाददाता

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको समूह चरणमा वेस्ट इन्डिजविरुद्ध  नेपालका कुशल भुर्तेलले लिएको एक क्याच उत्कृष्ट क्याच घोषित भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बिहीवार भुर्तेलले लिएको एक क्याचलाई उत्कृष्ट क्याच घोषित गर्दै निसान उत्कृष्ट क्याच अफ द विकको अवार्ड दिएको हो। तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सको क्याच कुशलमार्फत गराएका थिए।  उनले लामो दौडका साड मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएका थिए। तर, उक्त खेलमा नेपाल पराजित भएको थियो।

समूह चरणबाटै बाहिरिएको नेपालले अब विश्वकप छनोटको प्लेअफमा युएईसँग खेल्ने भएको छ। नेपाल समूह ए को चौथो र युएई समूह बी को पुछारमा रहँदै प्लेअफमा भिड्नेछन्। खेल २ जुलाईमा हुनेछ। नेपाल ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ समूह ए मा चौथो स्थानमा थियो। युएई समूह बी मा चारै खेल हारकासाथ पुछारमा थियो।

कमेन्ट लोड गर्नुस