सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा विद्यालयमै विद्यार्थी कुटपिट गर्ने एक जना पक्राउ

२०८० असार १४, १०:४२ खबर संवाददाता

दार्चुलाः दार्चुलामा विद्यार्थी  कुटपिट गर्ने एक जना पक्राउ परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा विद्यार्थीमाथि कुटपिट गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

दार्चुला प्रहरीका अनुसार असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत १४ वर्षीय आसुतोष साउँद र १३ वर्षीय राजीव गिरीबीच झगडा भएको थियो। विद्यार्थीबीचको झगडामा गएर हरिभक्त गिरीले साउँदलाई विद्यार्थीको बीचमा कुटपिट गरेका थिए। 

बैतडी डिलासैनी गाउँपालिका–६ घर भएका गिरी र लेकम गाउँपालिका–१ घर भएका साउँदबीच सामान्य विवाद भएर झगडा भएका बेला गिरीले साउँलाई विद्यालयमा नै गएर कुटपिट गरेका हुन्। 

साना नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउँदका अभिभावकले मंगलवार इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको हो।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले अभद्र व्यभारमा मुद्दा दर्ता भएको बताए। अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस